परीक्षा फारम भर्ने सम्बन्धमा
Exam and Administration Unit 2081-11-04उपरोक्त विषयमा त्रि.वि.प.नि.का.बल्खुद्वारा संचालन हुने २०८१ सालको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह चौथो वर्षका शिक्षा सास्त्र संकाय (B.Ed.) र व्यवस्थापन संकाय (BBS) तर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०८१/११/२३ गते सम्ममा परीक्षा आवेदन फाराम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा आवेदन फाराम भर्न पाउने योग्यता ः नियमित परीक्षार्थीका लागि ः १. क्याम्पसले तोकेकेो परीक्षा शुल्क २. मासिक शुल्क लगायत तिर्नुपर्ने बाँकी सम्पूर्ण शुल्क । ३. प्रयोगात्मक परीक्षा शुल्क (प्रयोगात्मक परीक्षा भएमा) ४. त्रि.वि.विनियोजन शुल्क ५. शिक्षण अभ्यास शुल्क ६. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो प्रति–२ ७. परीक्षा फाराममा रजिष्ट्रेशन नं. अनिवार्य रुपमा भर्नुपर्नेछ । ८. सबै परीक्षार्थीले आवेदन फारम माथि अघिल्लो पटकको रोल नं. अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । ९. ४ बर्षे स्नातक तहमा २०७३ मा भर्ना भई २०७४ सालमा प्रथम बर्षको प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटकको हुनेछ । नोटः– मेजर नेपालीको ३, मेजर अंग्रेजीको २, मेजर हेल्थको ३ वटा प्रयोगात्मक परीक्षा हुनेछ ।
General