21th
10
क्याम्पसमा साप्ताहिक खेलकुद कार्यक्रम सुरु
यस क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको निर्णय अनुसार माघ २१ गते आइतबार देखि सप्ताव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ ।
सुनसरी बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिको आर्थिक सहयोग तथा स्वतन्त्र विद्यार्थी यूनियन सुनसरी बहुमुखी क्याम्पसको आयोजना भइरहेको उक्त खेलकुद कार्यक्रममा फुटवल, क्रिकेट, भलिवल, दौड, कबड्डी र ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
उद्घाटन सत्रमा छात्रा १०० मिटर र छात्र २०० मिटर दौड भएको थियो ।